भन्सार विभागको महानिर्देशकमा चक्र बुढा नियुक्त

सरकारले अर्थ मन्त्रालयका सहसचिव चक्र बुढालाई भन्सार विभागको महानिर्देशकमा नियुक्त गरेकाे छ । 

विभागको महानिर्देशक कमल भट्टराईलाई मन्त्रालयमा सरुवा गरेर अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख बुढालाई भन्सार विभागको जिम्मेवारी दिइएको हो ।

भन्सार विभागबाट अर्थ मन्त्रालयमा सरुवा भएका भट्टराईलाई मन्त्रालयको वित्तीय समन्वय महाशाखाको जिम्मेवारी दिइएको स्रोतले बताएको छ ।

यस्तै, आन्तरिक राजस्व विभागको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका रितेश शाक्यलाई बजेट महाशाखाको जिम्मेवारी दिइएको छ ।





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार १६:२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया