विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्ने बताएका छन् ।  

काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार आयोजित काठमाडाैं विश्वविद्यालयकाे २८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्र रूपबाट प्राज्ञिक अध्ययन, अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताए । 

काठमाडाैं विश्वविद्यालयका कुलपतिसमेत रहेका देउवाले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएकाे भन्दै प्रशंसा गरे । विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान् जनशक्ति उत्पादन गरी काठमाडाैं विश्वविद्यालयले देशको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको उनकाे भनाइ छ । 

नेपालका उच्च शिक्षाको क्षेत्रमा काठमाडाैं विश्वविद्यालयको आफ्नो इमान, गरिमा र छुट्टै पहिचान रहेको बताउँदै देउवाले विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्र मात्र नभइ विदेशमा पनि महत्त्वपूर्ण संस्थामा आवद्ध भइ उत्कृष्ट सेवा पुर्‍याउँदै आउनु सबैका लागि गर्वको विषय भएको बताए । 

साे क्रममा देउवाले काठमाडाैं विश्वविद्यालयबाट पहिलोपटक मास्टर्स अफ इन्जिनियरिङ इन सेनिटेसन टेक्नोलोजीमा छ जना र मास्टर्स अफ साइन्स सेटिटेसन टेक्नोलोजीमा एक जना गरि सात जनालाई उपाधि प्रदान गरे । 

विश्वविद्यालयले विभिन्न संकायका स्नातक, स्नातकोत्तर र विद्यावारिधिका गरी एक हजार छ सय ९९ जना विद्यार्थी दीक्षित गरेकाे छ । 





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार १६:२४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया