नेपाल टी २० लिग क्रिकेट प्रतियोगिताका लागि जनकपुर रोयल्सले नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक उमेश पटवाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
जनकपुरले बिहीबार पटवाललाई प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो । पटवालले नेपालसँगै अफगानिस्तान, युएई र भारतका स्थानीय क्लब हेरेका छन् ।
नेपाल क्रिकेट संघले पहिलो पटक आयोजना हुन गर्न लागेको टी २० लिगमा ६ टोलीको सहभगािता रहनेछ । जनकपुरले आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्सको सामना गर्नेछ ।
जनकपुरको मार्की खेलाडीमा सोमपाल कामी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।