इन्टरनेटको गुणस्तर परीक्षण गर्दै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूले वितरण गर्ने इन्टरनेट गतिको गुणस्तर परीक्षण गर्ने भएको छ । प्राधिकरणले सातवटै प्रदेशमा इन्टरनेटको गुणस्तर परीक्षण गर्ने जनाएको छ ।

प्राधिकरणले सातै प्रदेशमा इन्टरनेटको गुणस्तर परीक्षण गर्न भन्दै आशयपत्र आह्वान गरेको छ । इन्टरनेट सेवा प्रदायकहरूले वितरण गर्ने इन्टरनेटको गुणस्तरमा गुनासो आइरहेको छ । 

प्राधिकरणले इन्टरनेटको गुणस्तर परीक्षण गर्ने लक्ष्यसहित यसको अध्ययनका लागि आशयपत्र आह्वान गरेको हो । आवेदकले पुस ६ गतेसम्म आशयपत्र दिनुपर्ने प्राधिकरणले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार २०:३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया