१० संघसंस्थाले एउटै विज्ञप्तिमा भने– उद्योगी राठीका ‘अपहरणकारी’लाई कानुनी कारवाही गरियोस्

विराटनगरका उद्योगी तथा एमाले नेता अरुण राठीका अपहरणकारीलाई तत्काल पक्राउ गरेर कानुनी कारवाहीमा ल्याउन १० वटा विभिन्न संघसंस्थाले माग गरेका छन् ।

राठीलाई उनी पनि सन्चालक रहेको नेपाल टाइम्सका उनकै पार्टनर शहेन साह भनिने अब्दुल खताबले १४ मंसिरमा अपहरण गरेको र शरीर बन्धन बनाएर फिरौती मागेको आरोप लागेको छ ।

यसअघि राठीले प्रहरीमा उजुरी दिएर जिल्ला अदालतबाट पक्राउ पुर्जी आउँदा पनि खताब पक्राउ नपरेको भन्दै यी १० संघसंस्थाले विज्ञप्ति निकालेका हुन् ।

बिहीबार खताब स्वयंले प्रहरीकहाँ आत्मसमर्पण गरेका छन् ।

राठीमाथि भएको अन्याय र कानुनी राज्यको माग गर्दै राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववीयु, नेपाल खेलकुद महासंघ, अखिल नेपाल महिला संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, रिटर्नी फेडेरेसन नेपाल, राष्ट्रिय उद्योग व्यवसायी महासंघलगायत मोरङका संघसंस्थाले संयुक्त विज्ञप्ति निकालेका हुन् ।

राठी अपहरण घटना के हो ? पढ्नुहोस्ः उद्योगी अरुण राठी ‘अपहरण’ घटनाः आफ्नै पार्टनरको ‘अपहरण’मा परेपछिको नालीबेली



 



  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार २२:५७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया