मोरक्कोको कासाब्लान्कामा भारी वर्षा, घर भत्किँदा तीनजनाको मृत्यु

मोरक्कोको आर्थिक केन्द्र कासाब्लान्कामा भारी वर्षापछि घर भत्किँदा तीन जनाको मृत्यु भएको  छ ।

अल–फिदा–मेर्स सुल्तान प्रान्तका स्थानीय अधिकारीका अनुसार स्मारा जिल्लामा रहेको सो घरलाई सम्भावित खतरामा रहेको घरको रूपमा वर्गीकृत गरिएको थियो ।

एक जना पीडितलाई फरमा रहेको परम्परागत चुलोको भग्नावशेषबाट निकालिएको थियो । सो घटनामा परेका उक्त घरसँगै जोडिएका घरका बासिन्दा अन्य दुईजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ । 

कासाब्लान्का र अन्य  थुप्रै सहरहरूमा गत २४ घण्टामा लगातार वर्षा भइरहेको छ ।  





  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार ७:२४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया