बिहारमा विषालु मदिरा सेवन गरेका ६५ जनाको मृत्यु

बिहारमा विषालु मदिरा सेवन गरेका ६५ जनाको मृत्यु भएको छ । त्यहाँको छपरामा शुक्रबार दिउँसोसम्म ६० जनाको मृत्यु भएको हो । छिमेकी जिल्ला सिवानमा पनि ५ जनाको यही कारणले मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् ।

बिहारमा चार दिनभित्र ६५ जनाको विषालु मदिराका कारण निधन भएपछि यसले त्यहाँ राजनीतिक माहोल पनि गर्माएको छ ।

त्यहाँका केही अस्पतालमा गम्भीर भएका बिरामीहरु भर्ना भएको बताइएको छ ।

पछिल्लो समय आएका समाचारहरुअनुसार त्यहाँका केही ठाउँमा विषालु मदिराका कारण भएका निधनको समाचार बाहिर नल्याउन प्रयास गरिएको छ ।





  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार १६:७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया