प्रदीप पौडेलले भने– मतदाता मासुभातमा बिके, नीतिगत भ्रष्टाचार रोकौँ

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चुनाव असाध्यै खर्चिलो भएको बताएका छन् । उनले पैसा हुनेले मात्रै जित्ने अवस्था आएको र अजेन्डाले मात्रै चुनाव नजितिने अवस्था आएको बताएका छन् ।

उनले मतदाता एक छाक मासु भातमा बिकेको पनि आरोप लगाएका छन् । 

सहरी क्षेत्रमा जनता सचेत भए पनि सहरबाहिर गएपछि एक छाक मासुभातमा मतदाता बिक्ने गरेको उनले बताएका हुन् । उनले खर्च गरेर निर्वाचन जित्ने प्रणाली विकास भएसँगै खर्च उठाउनका लागि भ्रष्टाचार बढेको पनि आरोप लगाएका छन् ।

उनले नीतिगत भ्रष्टाचार रोक्न सक्नुपर्ने बताएका छन् ।





  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार १६:१७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया