नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता ३ पुसमा चयन गर्ने भएको छ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका सांसदलाई ३ पुसमा नै प्रमाण पत्र दिने भए पछि माओवादीले सोही दिन यो प्रक्रिया सुरु गर्न लागेको हो ।
नेकपा माओवादी केन्द्रमा यसका लागि कुनै चुनाव भने हुने छैन ।
अहिलेसम्म संसदीय दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कुनै विमति देखिएको छैन । त्यसैले प्रचण्ड नै संसदीय दलको नेता हुने निश्चित छ ।
नेकपा माओवादी केन्द्रका ३२ जना सांसदमध्ये १८ जनाले प्रत्यक्षमा निर्वाचन जितेका हुन् भने १४ जना समानुपातिक प्रक्रियाबाट छानिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।