कतारमा जारी विश्वकपको फाइनल खेल आइतबार हुँदैछ । फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्दै छन् ।
यो खेलमा जसले जित हासिल गरे पनि तेस्रो पटकको विजेता हुनेछ ।
फाइनल कसले जित्ला भन्ने अनुमान र चासो हुँदाहुँदै कतार विश्वकपको यो खेलमा अर्को पनि चासो चर्चाको केन्द्रमा रहेको छ ।
कतार विश्वकपमा गोल्डेन बुटको दाबेदार अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका किलियन एम्बाप्पे बराबरी गोलसहित दाबेदार छन् । उनीहरुले दुवैले यो विश्वकपमा ५–५ गोल गरेका छन् ।
यदि फाइनल खेलमा यी दुवैले गोल गरेनन् भने कसले जित्ला गोल्डेन बुट ?
मेसीले । यो विश्वकपमा समान गोल संख्या भए पनि मेसीले गोलका लागि गरेको सहयोग एम्बाप्पेको भन्दा बढी छ । मेसीले ३ गोलका लागि एसिस्ट गरेका छन् भने एम्बाप्पेले २ गोलका लागि ।
त्यसैले मेसीले गोल्डेन बुट जित्ने प्रवल सम्भावना छ ।
‘सट अन टार्गेट’मा पनि मेसी १४ पटक प्रहार गरेर ११ पटक प्रहार गरेका एम्बाप्पेभन्दा अगाडि रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।