मोदीलाई पाकिस्तानी विदेशमन्त्री भने गुजरातका कसाइँ, भारतभर विरोध

पाकिस्तानका विदेशमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध दिएको अभिव्यक्तिले भारतमा तरंग छाएको छ । यो अभिव्यक्तिपछि भारतीय जनता पार्टीले देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।

सबै राज्यको राजधानीमा विरोध प्रदर्शन गर्ने भारतीय जनता पार्टीले निर्णय गरेको हो ।

भारतीय जनता पार्टीका नेता तथा कार्यकर्ताले पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टोको पुतला जलाउने तयारी गरेको छ । 

शुक्रबार मात्रै बिलावले ओसामा विन लादेन मारिएको र बुचर अफ गुजरात अहिले पनि जिउँदै रहेको र ऊ भारतीय प्रधानमन्त्री रहेको बताएका थिए । उनले मोदी प्रधानमन्त्री नहुँदासम्म अमेरिकामा प्रतिबन्ध लागेको पनि बताएका थिए ।

भारतीय नेताहरुले यसलाई निकै निम्नस्तरको टिप्पणी बताउँदै यसको विरोध गरेका छन् ।





  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार १०:७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया