मोदी र पुटिनबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । वार्तामा पारस्परिक र विश्वव्यापी हितका विविध विषयमा छलफल भएको थियो ।

टेलिफोन वार्तामा युक्रेन युद्धबारे छलफल भएको थियो । युद्ध अन्त्य गर्न प्रधानमन्त्री मोदीले वार्ता र कूटनीतिलाई जोड दिएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 

फेब्रुवरी २४देखि सुरु भएको रुस–युक्रेन युद्धले खाद्यान्न र इन्धन संकट निम्त्याएको छ । वार्तामा मोदी र पुटिनले ऊर्जा, व्यापार र लगानी, रक्षा सहयोगका क्षेत्रमा द्विपक्षीय सम्बन्धको समीक्षा गरेका थिए ।  

प्रधानमन्त्री मोदीले पुटिनलाई भारतको प्रमुख प्राथमिकता प्रकाश पार्न जारी जी २० को भारतको चलिरहेको अध्यक्षताको बारेमा जानकारी गराएका थिए । 

हालै वार्षिक भारत–रुस शिखर सम्मेलन रद्द गरिएको थियो । गत वर्ष डिसेम्बरमा पुटिनले आफ्नो छिमेकी राष्ट्र, युक्रेनमा युद्ध छेड्नु केही हप्ताअघि भारतको भ्रमण गरेका थिए ।

सेप्टेम्बरमा उज्वेकिस्तानमा आयोजित क्षेत्रीय सुरक्षा शिखर सम्मेलनको साइडलाइनमा दुई नेताबीच भेट भएको थियो । यस वर्ष युक्रेनमा रुसी आक्रमणको विषयसहित धेरैपटक दुई नेताबीच छलफल भएको छ ।





  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार १५:५३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया