स्थानीय तह विकास, निर्माण र जनसेवाको आधार स्तम्भ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रूपमा जिम्मेवारी दिएको बताएका छन् । 

ललितपुर महानगरको १०४ औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले जनमुखी, पारदर्शी र परिणाममुखी काम गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन दिए ।  

उनले महानगरपालिकाभित्रका राष्ट्रिय गौरवका प्राचीन सम्पदा संरक्षण गर्न सबै मिल्नुपर्ने बताए । यी सम्पदा नेपाललाई विश्वमा चिनाउने महत्त्वपूर्ण धरोहर र वैभव भएको उनको भनाइ छ । 

जिम्मेवार पूर्ण ढंगले नागरिकको सेवालाई अघि बढाउन महानगर अझै क्रियाशील हुने विश्वास पनि प्रधानमन्त्री देउवाले व्यक्त गरे ।

त्यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकाको जनघनत्व बढ्दै गएकाले अब मेट्रो रेलको विकल्प नभएको र त्यसको तयारी अहिलेदेखि नै गर्नुपर्ने बताए ।

उपत्यकाभित्रको संस्कृति र सम्पदाको जगेर्ना गर्न काठमाडौं महानगरसँग हातेमालो गर्दै अघि बढ्ने उनले बताए ।



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि र सम्पदाहरूको संरक्षणमा ललितपुर महानगरसँग सहकार्यको प्रस्ताव गरे । 



  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार १६:४१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया