अबको प्रधानमन्त्रीमा कांग्रेसको दाबी स्वाभाविक : प्रवक्ता महत

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले निर्वाचनबाट कांग्रेस ठूलो दल बनेकाले अब स्वभाविक रुपमा प्रधानमन्त्री दाबी गर्ने बताएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरूका लागि आज बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्री बन्ने इच्छा देखाइरहेको विषयलाई पनि स्वाभाविक रुपमा लिनु पर्ने बताए । उनले भने, ‘तर, सबै रुपमा कांग्रेसको नेतृत्व उपयुक्त हुन्छ ।’

उनले अब केही दिनमा कांग्रेस संसदीय दलको निर्वाचन पनि हुने र त्यसपछि प्रधानमन्त्रीको विषय थप टुंगो लाग्ने बताए । यसपटक पनि अरु दलको सहयोग लिएर कांग्रेसले नै सरकार बनाउने र एकताको सन्देश दिन यो जरुरी पनि रहेको उनको भनाइ छ ।

कांग्रसले भोलि आइतबार ३ बजे कार्यसम्पादन समिति बैठक समेत बोलाएको छ।





  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार १७:६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया