नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाएका हुन् ।
कांग्रेसले संसदीय दलको चुनावको तयारीको लागि कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
केन्द्रीय कार्यसम्पादन समितिले संसदीय दलको चुनावको लागि अधिकारसम्पन्न निर्वाचन समिति गठन गर्ने र सो समितिले संसदीय दलको चुनाव गराउनेछ ।
सभापति शेरबहादुर देउवाले शनिबार दिउँसो चियापान कार्यक्रमका लागि बालुवाटार बोलाएर कांग्रेसका सांसदहरूलाई राजधानीमै रहन निर्देशन दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।