प्रधानमन्त्री देउवा र माधव नेपालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवालाई भेटेर प्रधानमन्त्रीमा दाबी गरेपछि देउवाले नेपालसँग छलफल गरेका हुन् । 

एकीकृत समाजवादीको १० सिटसहित आफूसँग ६० भन्दा बढी सिट रहेको प्रचण्डको दाबी छ । सोही सिट संख्याका आधारमा प्रचण्डले सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी पेस गरिरहेका छन् । 

यही विषयमा ‘क्लियर’ हुन देउवाले नेपालसँग भेटवार्ता गरेको बालुवाटार स्रोतको भनाइ छ । 





  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार २०:१७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया