विश्वकप फुटबल : क्रोएसियालाई २–१ को अग्रता

विश्वकप फुटबलअन्तर्गत अहिले तेस्रो स्थानका लागि खेल भइरहेको छ । खेलमा क्रोएसियाले २–१ को अग्रता लिएको छ ।

यसअघि मोरक्को बीचको खेलमा रोमाञ्चक सुरुवात भएको थियो । खेलको सुरुवातमा नै दुई टोलीले एक–एक गोल गर्न सफल भएका थिए । 

सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए भने त्यसको दुई मिनेटमै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काएका थिए ।  

खेलको ४२औँ मिनेटमा क्रोएसिया मिस्लाभ ओरिसिचले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाएका छन् ।





  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार २१:४६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया