अमेरिकामा चिसोका कारण डेढ करोड मानिस बिरामी : सिडिसी

संयुक्त राज्य अमेरिकामा यस मौसममा अहिलेसम्म कम्तीमा १ करोड ५० लाख बिरामी भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले जनाएको छ ।

शुक्रबार सार्वजनिक रिपोर्टअनुसार यो अवधिमा १ लाख ५० हजार अस्पताल भर्ना र ९ हजार ३०० जनाको मृत्यु भइसकेको सार्वजनिक सिडिसीको रिपोर्टमा उल्लेख छ ।

अमेरिकामा मौसमी इन्फ्लुएन्जाको गतिविधि उच्च रहेको तर केही क्षेत्रमा घट्दो देखिएको सिडिसीले जनाएको छ । सिडिसीको तथ्याङ्कअनुसार १० डिसेम्बरमा समाप्त भएको पछिल्लो हप्तामा अमेरिकामा फ्लुका कारण २३ हजार ५०० भन्दा बढी मानिस अस्पताल भर्ना भएका छन् ।

इन्फ्लुएन्जासँग सम्बन्धित नौ बालबालिकाको मृत्यु यही साता भएको छ । यस मौसममा अहिलेसम्म ३० जनाको मृत्यु भएको सिडिसीले जनाएको छ । 





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार ७:४५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया