‘अमेरिका चीनसँग द्वन्द्व चाहँदैन’

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का रणनीतिक सञ्चार संयोजक जोन किर्बीले चीनसँगको सुरक्षा चुनौती स्वीकार्दै वासिङ्टनले बेइजिङसँग द्वन्द्व नचाहेको बताएका छन् ।  

किर्बीले अमेरिकी प्रसारक भ्वाइस अफ अमेरिका (भीओए) लाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘चीनले पनि विश्वको सुरक्षा वातावरणमा परिवर्तन ल्याउँदै आएको छ । आजभोलि, हामीले चीनलाई रणनीतिक प्रतिस्पर्धीको रूपमा हेर्छौँ भन्ने चर्चा सुनिन्छ तर हामी चीनसँग द्वन्द्व होस्र भन्ने चाहँदैनौँ ।’ 

वासिङ्टन र बेइजिङबीचको प्रतिस्पर्धालाई व्यवस्थित गर्न अमेरिकी विदेश मन्त्रालयले नयाँ अफिस अफ चाइना कोअर्डिनेसन स्थापनापछि ह्वाइट हाउसका अधिकारीले चीनबारे यस्तो टिप्पणी गरेका हुन् । 

शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले अनौपचारिक रूपमा चाइना हाउसको नामले चिनिने नयाँ अफिस अफ चाइना कोअर्डिनेसनको उद्घाटनको अध्यक्षता गरेका थिए ।

चाइना हाउसले अमेरिकी सरकारले जनवादी गणतन्त्र चीनसँग हाम्रो प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र खुला, समावेशी अन्तर्राष्ट्रिय प्रणालीको लागि हाम्रो दृष्टिकोणलाई अगाडि बढाउन सक्षम छ भन्ने सुनिश्चित गर्नेछ । 

विज्ञप्तिमा भनिएको छ, ‘चाइना हाउसले सुरक्षा, आर्थिक, प्राविधिक, कूटनीतिक र रणनीतिक मुद्दाहरूमा काम गर्न विदेश विभागभरिका चिनियाँ विशेषज्ञहरूको एक समूहलाई एकसाथ भेला गर्नेछ ।’ 



सुधारिएको समन्वयले विदेश मन्त्रालयको नीतिलाई अझ सुसङ्गत बनाउने र अमेरिकालाई सहयोगी र साझेदारहरूसँग अझ गहिरो रूपमा संलग्न हुन अझ राम्रो स्थितिमा पुर्‍याउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।  



  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार १२:२०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया