नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । आज बिहान प्रचण्डलाई भेट्न खड्का खुमलटार पुगेका थिए ।
नयाँ सरकार गठनको गृहकार्य सुरु भएसँगै प्रचण्ड र खड्काबीच भेटवार्ता भएको हो । भेटमा नयाँ सरकार गठन, पदहरू बाँडफाँटलगायत समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल भएको बताइएको छ ।
शनिबार प्रचण्डले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।