नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय दलमा एक मात्र उम्मेदवार बनाउन कोसिस गरिने बताएका छन् ।
आइतबार कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवा अन्य दललाई समेत स्वीकार्य हुने व्यक्ति भएकोले उनैलाई प्रधानमन्त्रीमा अगाडि सारिने बताए ।
गठबन्धनभित्र कांग्रेसको नेतृत्वमा सरकार बनाउन प्रयास गर्ने बताउँदै उनले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ, स्वाभाविक नेतृत्व सभापति शेरबहादुरको हो । संसदीय दलको नेता चयनपछि हामी निष्कर्षमा पुग्छौँ ।’
सरकार बनाउनका लागि अन्य दलको समेत समर्थन लिनुपर्ने भएकाले देउवाको नेतृत्वमा सहमति जुटाउन सकिने प्रवक्ता महतकाे दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।