समाजवादी फोरम बनाउने प्रचण्डकाे प्रस्ताव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादतिर जान सहमत शक्तिलाई एकै ठाउँमा ल्याउन समाजवादी फोरम बनाउने प्रस्ताव गरेका छन् ।

आइतबार बसेको पदाधिकारी बैठकमा उनले त्यस्तो फोरमको आवश्यकता भएको बताएका हुन् । प्रचण्डले माधव नेपाल नेतृत्वकाे एकीकृत समाजवादी पार्टी र बाबुराम भट्टराइ नेतृत्वकाे नेपाल समाजवादी पार्टीलाइ समेट्नका लागि समाजवादी फोरम बनाउने प्रस्ताव गरेका हुन् ।  

चुनावअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले एकता संयोजन समिति बनाउने सहमति गरेका थिए । त्यस्तै, नेपाल समाजवादी पार्टीले पनि समाजवादी केन्द्र बनाउन पार्टी एकता गर्ने सहमति गर्दै माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेको थियो ।





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार १७:१३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया