राष्ट्रपतिकाे पहलमा बझाङकाे साइपालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर हुँदै

बझाङकाे साइपाल गाउँपालिकामा यही पुस ८ गतेदेखि तीनदिने स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गुराँसे कल्याणकारी सेवा प्रतिष्ठान, रोटरी क्लब अफ नक्सालको आयोजनामा पुस ८,९ र १० गतेसम्म तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हाे । 

गाउँपालिकामा रहेका महिलाहरुको स्वास्थ्य समस्याका आधारमा शविरको आयोजना गरिएको साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले बताइन् । गाउँगाउँमा आङ खस्ने, पाठेघरको समस्या तथा दाँतसम्बन्धी रोगबाट पीडित महिलाको समस्या रहेका कारण पालिकाको केन्द्रमा तीन दिनसम्म शिविरको आयोजना गरिएको उपाध्यक्ष तामाङले बताइन् । 

‘गाउँ र नागरिकको विकास तथा सहयोग गर्छु भन्ने उद्देश्यले पालिकाको जनप्रतिनिधि बनिसकेपछि आफूले साइपालमा महिलाहरुको स्वास्थ्यमा सहयोग गर्ने सोच बनाएको थिएँ । साइपालका नागरिकले र मलाई विजयी गराएपछि अब मैले यहाँका नागरिकका लागि काम गर्नुपर्छ,’ उपाध्यक्ष तामाङले भनिन्, ‘मेरो पहिलो प्राथमिकतामा साइपाल गाउँपालिकाका महिलाहरुको समस्या पर्यो । उनीहरुको समस्या समाधानका लागि राष्ट्रपतिलाई आग्रह गरी साइपालमा तीनदिने शिविर सञ्चालन गर्दै छौँ ।'
 
साइपाल गाउँपालिकाको केन्द्र वडा नं. ३ को काँडामा सञ्चालन हुने शिविरमा आङ खस्ने समस्या, पाठेघरको समस्या, दाँतका बिरामीका लागि र अन्य भिडियो एक्स–रे सेवा, बालबालिकाको रोगको समस्या र होलबडी चेकजाँचलगायत सेवा पालिकामा नै दिइने भएको हो । 

शिविर सञ्चालनका लागि साइपाल गाउँपालिका र नेपालगञ्ज मेडिकल कलेको सहकार्य तथा जिएमसी हस्पिटल पोखरा, युसिएमसी हस्पिटल भैरहवाको प्राविधिक सहयोगमा शिविर आयोजना गर्न लागिएको उपाध्यक्ष तामाङले बताइन् । 





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार १९:५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया