विश्वकप अर्जेन्टिनाले जित्ने सम्भावना ५०.७ प्रतिशत

केहीबेरपछि सुरु हुने विश्वकप फुटबलको अन्तिम खेल फाइनलमा अर्जेन्टिनाले फ्रान्समाथि जित निकाल्ने सम्भावना बढी भएको विश्वको चर्चित फुटबल तथ्यांकमा काम गर्ने अप्टाले जनाएको छ । 

उसका अनुसार अर्जेन्टिनाले यो खेल जित्ने सम्भावना ५०.७ प्रतिशत रहेको छ । त्यस्तै यो खेलमा फ्रान्सले जित्ने सम्भावना ४९.३ प्रतिशत रहेको बताइएको छ ।

यो विश्वकपमा चाहिँ फ्रान्सभन्दा अर्जेन्टिनाले कम गोल गरेको छ । तथ्यांकअनुसार यो विश्वकपमा फ्रान्सले अहिलेसम्म १३ गोल गरेको छ भने अर्जेन्टिनाले १२ गोल गरेको छ ।

दुवै टिमले अहिलेसम्म यो विश्वकपमा ५ गोल खाएका छन् ।






  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार २०:४६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया