रवि लामिछानेविरुद्ध रिट दायर गर्ने युवराज सफललाई ज्यान मार्ने धम्की !

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध रिट दायर गर्ने युवराज पौडेल (सफल)ले आफूलाई ज्यान मार्ने आएको दाबी गरेका छन् । उनले रविका समर्थक र शुभचिन्तकबाट धम्की आएको बताएका छन् । 

पौडेलले विभिन्न फोन नम्बरहरूबाट बारम्बार धम्की आएपछि टेकुस्थित प्रहरीकहाँ आइतबार उजुरीसमेत दिएका छन् । आफू असुरक्षित रहेको उल्लेख गर्दै उनले घटनाबारे अनुसन्धान गर्न आग्रह गरेका छन् । 

आफ्नो ज्यान मार्नका लागि भारतीय नागरिकको प्रयोग गरेको सूचना गोप्य रुपमा पाएको पनि पौडेलले दाबी गरेका छन् ।

दाङ जिल्लाका पूर्ण बहादुर विक र अर्का वतन र नाम नखुलेका मगर थरका एक व्यक्तिको संयोजनमा आफूमाथि ज्यान मार्ने योजना बनाएको सूचना पाएको पौडेलले दाबी गरेका हुन् । 

उनले काठमाडौंबाट र विदेशमा रहेका नेपालीबाट पनि फोन गरी मुद्दा फिर्ता लिन दबाब दिएको बताएका छन् ।

पौडेलले लामिछानेको सांसद पद खारेजीको माग गर्दै मंसिर २८ गते सर्वोच्च अदालतमा रिट दायर गराएका थिए ।





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार २१:१७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया