भारतलाई यू-१९ विश्वकप जिताएका चन्दले नेपाल टी-२० लिग खेल्ने

भारतीय यू–१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्दले आसन्न संस्करणको नेपाल टी–२० लिग खेल्ने भएका छन् । उनले लुम्बिनी अल स्टारबाट लिग खेल्ने भएका हुन् ।

२९ वर्षीय चन्दले २०१२ मा अस्ट्रेलियामा आयोजना भएको यू-१९ विश्वकपमा भारतलाई उपाधि दिलाएका थिए । उनले गत संस्करणमा अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) पनि खेलेका थिए । २९ वर्षीय चन्द बिबिएल खेल्ने पहिलो भारतीय खेलाडी हुन् ।

उनले विभिन्न टिमबाट २१ आइपिएल म्याच पनि खेलिसकेका छन् । लुम्बिनीले यसअघि दक्षिण अफ्रिकाका क्रिकेटर क्लाउड भान शाल्विक तथा आयरल्याण्डका ह्यारी टेक्टरलाई अनुबन्ध गरेको थियो ।

पहिलो संस्करणको नेपाल टी–२० यही ८ पुसबाट सुरु हुँदैछ । लुम्बिनीको पहिलो खेल ८ गते नै फार वेस्टर्न युनाईटेडविरुद्ध खेल्ने तालिका रहेको छ ।   

६ टोली सहभागी यस प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ ।   





  • प्रकाशित मिति : पुस ४, २०७९ साेमबार ७:४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया