इराकमा बम विस्फोट, आठ प्रहरीको मृत्यु

इराकको उत्तरी प्रान्त किर्कुकमा सडक छेउमा भएको बम आक्रमणमा परी आठ प्रहरीको मृत्यु भएको छ । त्यस्तै, घटनामा तीनजना घाइते भएका प्रान्तीय प्रहरी स्रोतले जनाएको छ ।

राजधानी बगदादबाट करिब २५० किलोमिटर उत्तरमा रहेको प्रान्तीय राजधानी किर्कुकको दक्षिणमा रहेको अल–रियाद सहर नजिकै सङ्घीय प्रहरीको गस्तीमा कम्तीमा दुईवटा सडक किनारमा बम विस्फोट भएको मेजर जनरल अब्दुल्लाह अल–अब्बासीले सिन्ह्वालाई बताएका छन् । 

पछिल्ला महिनाहरूमा इराकी सुरक्षा बलहरूले चरमपन्थी लडाकुविरुद्ध कारबाहीलाई तीव्र पारेका छन् । सन् २०१७ मा आईएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा सुधार भइरहेको बताइएको छ ।  





  • प्रकाशित मिति : पुस ४, २०७९ साेमबार ७:५९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया