अफगानिस्तानमा इन्धन बोकेको ट्यांकर विस्फोट, १९ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको उत्तरी भागमा अवस्थित एक सुरुङमा इन्धन बोकेको एउटा ट्याङ्कर विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । घटनामा ३२ जना घाइते भएका छन् । 

स्थानीय अधिकारीहरूका अनुसार विस्फोटमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको तथा बाँचेकाहरू भग्नावशेषमा फसेकाले मृतकको स्ंख्या बढ्नसक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

विस्फोटको कारणबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन । केही मृतक नराम्ररी जलेकाले उनीहरूको पहिचान हुन सकेको छैन । 

पाँच जना महिला र दुई बालबालिकाको शव घटनास्थलबाट निकालिएको छ । शनिबार राति विस्फोटसँगै लागेको आगो आइतबार मात्र निभाइएको थियो ।  





  • प्रकाशित मिति : पुस ४, २०७९ साेमबार ८:५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया