नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनका बीच आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएको बताएका छन् । सोमबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘हामीले गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा चाहिँ भएकै हो ।’
प्रचण्डले लिखित सहमति नभए पनि जनादेशपछि आफू प्रधानमन्त्री बन्ने मौखिक सहमति भएको बताए । उनले भने, ‘यो विषयमा लिखित, औपचारिक केही पनि भएको थिएन। छलफल त पक्कै पनि भएको थियो। गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा भएकै हो ।’
भावी प्रधानमन्त्री आफू हुने सहमति भएको बताउँदै प्रचण्डले गठबन्धनबीचको त्यो समझदारी कायमै रहेको बताए । सरकार गठन गर्ने विषयमा दलहरूबीच छलफल चलिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।