राप्रपा कुनै पनि दलको पुच्छर पर्दैन : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई सरकारमा जान हतार नभएको बताएका छन् । राप्रपाबाट निर्वाचित सांसदलाई स्वागत तथा बधाई दिन सोमबार आयोजना गरिएको कार्यक्रममा उनले राप्रपालाई सरकारमा जान हतार नभएको बताएका हुन् ।

‘राप्रपाले सरकारमा नजाने भनेर कसम पनि खाएको छैन, आगामी दिनमा के गर्दा आफ्ना एजेन्डा र मान्यता स्थापित हुन्छन्, सोहीअनुसार अगाडि बढ्नुपर्छ,’ उनले भने । 

अध्यक्ष लिङ्देनले राप्रपा कुनै दलको पुच्छर नबन्ने स्पष्ट पनि पारे । उनले कुनै सरकारमा जानु परेमा वा कसैलाई समर्थन गर्नु परेमा कारणसहित गर्ने उल्लेख पनि बताए । निर्वाचनबाट राप्रपाले उकालो यात्रा सुरु गरेको उनको भनाइ थियो ।

अध्यक्ष लिङ्देनले पार्टीलाई सही ढङ्गले परिचालन गर्न नसक्दा प्राविधिकरूपमा धेरै मत नआएको पनि बताए । उनले पार्टीमा योगदान गरेका क्षमता र सम्भावना भएका नयाँ व्यक्तिलाई सांसद बनाइएको स्पष्ट पारे । 





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार ७:११:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया