फ्रान्सेका फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । आइतबार राति सम्पन्न फिफा विश्वकपको फाइनलमा फ्रान्स पेनाल्टी सुटआउटमा अर्जेन्टिनासँग पराजित भएको एक दिनपछि उनले सन्न्यासको घोषणा गरेका हुन् ।
‘मैले प्रयास र गल्तीहरू गरे जुन आज म यो स्थानमा छु र मलाई गर्व छ,’ बेन्जेमाले ट्विटमा भनेका छन्, ‘मैले मेरो कथा लेखेको छु र हाम्रो अन्त्य हुँदैछ ।’
बेन्जेमा फिफा विश्वकपमा फ्रान्सको टोलीमा रहे पनि तिघ्राको चोटका कारण प्रतियोगिता सुरु हुनुअघि नै टोलीबाट बाहिरिएका थिए । उनले फ्रान्सका लागि ९७ खेलमा ३७ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
उनी फ्रान्सको सर्वकालीन गोलकर्ताको सूचीमा पाँचौं स्थानमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।