चीनको कम्युनिष्ट पार्टीबाट पूर्वमन्त्री याछिङ बर्खास्त

चीनको कम्युनिष्ट पार्टीले पूर्वउद्योग तथा सूचना प्रविधिमन्त्री सियाओ याछिङलाई बर्खास्त गरेको छ । सीपीसी केन्द्रीय अनुशासन आयोगले निकालेको विज्ञप्तिका अनुसार पार्टीको अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आरोपमा उनलाई बर्खास्त गरिएको हो ।

शीर्ष एन्टी–ग्राफ्ट एजेन्सीले गरेको अनुसन्धानमा जिओले आफ्नो काममा निष्पक्षतामाथि सम्झौता गरेको र अरूबाट ठूलो रकम लिएको देखिएकाले कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार जिओलाई पार्टीबाट निष्कासन तथा पदबाट बर्खास्त र सार्वजनिक हैसियतमा घटुवा गरी बर्खास्त गरिएको हो । 





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार ९:३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया