मेस्सीलाई ‘बीबीसी वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड

आइतबार मात्र २२ औं संस्करणको फिफा विश्वकप फुबटलको उपाधि जिताएका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ‘बीबीसी स्पोर्ट्स पर्सनालिटी वर्ल्ड  स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड प्राप्त गरेका हुन् ।

बीबीसीले उनलाई सन् २०२२ को अवार्ड प्रदान गरेको हो । बीबीसीले यो अवार्ड उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गर्दै आएको छ ।

मेस्सीले कतार विश्वकपमा ७ म्याचमा ७ गोलका साथै तीन असिस्ट गरे । सोही प्रदर्शनका आधारमा उनले गोल्डेन बल अवार्ड पनि हात पारे । 

मेस्सीकै शानदार प्रदर्शनमा फाइनलमा अर्जेन्टिनाले गत संस्करण विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै तेस्रोपटक उपाधि जित्यो ।

यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो ।   
 





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार १०:३४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया