संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध गगनलाई उम्मेदवार बनाउने सहमति

नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापालाई उम्मेदवार बनाउने सहमति भएको छ । आज बिहान लौनचौरस्थित एम्बास्डर होटलमा भएको संस्थापनइतर समूहको बैठकले थापालाई संसदीय दल नेताको उम्मेदवार बनाउने सहमति जुटाएको हो ।

संसदीय दलको नेताबारे सहमति जुटाउन आज बिहान नेता शेखर कोइराला र महामन्त्री थापा पक्षबीच छलफल भएको थियो । सोही छलफलपछि कोइरालाको प्रस्तावमा थापा संसदीय दल नेता उठ्ने समझदारी भएको हो । 

संस्थापनइतर समूहबाट कोइराला र थापा संसदीय दल नेताका लागि उम्मेदवार हुन खोजेपछि एकजना मात्रै उम्मेदवार उठाउन केही दिनदेखि संस्थापनइतर समूहको भेला हुँदै आएका थिए ।

संस्थापन समूहबाट भने सभापति शेरबहादुर देउवा संसदीय दल नेताका लागि उम्मेदवार हुने पक्का छ । अब संसदीय दल नेताका लागि देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचन समितिका अनुसार आज दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्ने तालिका छ । 





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार १२:२७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया