कांग्रेस संसदीय दल निर्वाचन : देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल

संसदीय दलको नेतामा उम्मेदवारी दिन प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् ।

उनको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । पौडेलले पनि संसदीय दलको नेताको लागि इच्छा देखाएका थिए । तर, देउवा पछि नहटेपछि पौडेल प्रस्तावकमा बसेका हुन् ।

शेखर कोइराला समूहले भने महामन्त्री गगनकुमार थापालाई दलको नेताको उम्मेदवार बनाएको छ । 

मनोनयन दर्तापछि उम्मेदवारको प्रथम नामावली मंगलबार अपराह्न साढे ३ बजे प्रकाशन हुने तालिका छ । त्यसमा दाबी विरोधका लागि साढे ३ देखि ४ बजेसम्मको समय निर्धारण गरिएको छ । 

दाबी विरोधमा जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन साढे ४ बजे हुने छ । उम्मेदवारको नाम फिर्ता लिने समय साढे ४ बजेदेखि साढे ५ बजेसम्मको समय तोकिएको छ ।

त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंगलबार बेलुकी पौने ६ बजे हुने कार्यतालिका निर्धारण गरिएको छ । मतदान भने बुधबार बिहान ८ देखि १० बजेसम्मको समय तोकिएको छ । 





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार १४:५४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया