महामन्त्री गगन थापाले नेपाली कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गरेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
थापाको उम्मेदवारीमा डा. शेखर कोइराला प्रस्तावक रहेका छन् । उनको समर्थकमा भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् ।
संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले नै उम्मेदवारी दर्ता गराउँदै छन् । कांग्रेस संसदीय दलको नेता चयनका लागि भोलि मतदान हुने निर्वाचन तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।