कांग्रेस संसदीय दलको नेतामा देउवाले दिए उम्मेदवारी
फाइल तस्बिर

नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । उनले आज सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन् । त्यस्तै, महामन्त्री गगन थापाले पनि संसदस्य दलको नेतामा उम्मेदवारी दर्ता गराएका छन् । उनको समर्थकमा शेखर कोइराला तथा प्रस्तावाकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल छन् ।

संसदीय दलको नेताका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म सिंहदरबारस्थित दलको कार्यालयमा मनोनयन दर्ता गरिसक्नुपर्ने कार्यतालिका थियो । आजै साढे ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ ।

बेलुका ४ बजेसम्म उम्मेदरवारविरुद्ध उजुरी दिन पाइनेछ भने साढे ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन पाइनेछ । मंगलबार बेलुका पौने ६ बजे उम्मेवारको अन्तिम नामावली प्रकाशन भएपछि भोलि (बुधबार) बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेताका लागि मतदान हुनेछ ।

कांग्रेस संसदीय दलको नेताका लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने निर्वाचनमा ८९ सांसदले मतदान गर्न पाउँछन् । विजेताले ५१ प्रतिशत अर्थात् ४५ मत ल्याउनुपर्ने विधानमा व्यवस्था गरिएको छ । 





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार १५:३३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया