म पनि पुस्तान्तरणको पक्षमै छु, देउवाको नेतृत्वमा पुस्तान्तरण हुँदै जान्छ : पूर्णबहादुर खड्का

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसकाे संसदीय दलकाे नतेामा पार्टी सभापति शेरबहादुर देउवाको विकल्प नभएकाे बताएका छन् । सबै दलले स्वीकार गर्ने नेतृत्वका लागि देउवालाई साथ दिएको उनकाे दाबी छ । 

यसपटक पार्टीको तर्फबाट देउवाले नै सरकारको नेतृत्व गर्नुपर्ने अवस्था रहेको दाबी गर्दै उनले संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक निर्वाचन भएकाले यसलाई स्वाभाविक प्रतिस्पर्धाको रूपमा लिनुपर्ने बताए । 

देउवाकै नेतृत्वमा कांग्रेस पहिलो पार्टी भएको र उनीसँग सबै दल जोड्ने अनुभव रहेकाले संसदीय दलको नेतामा देउवा भारी मतकासाथ विजयी हुने ठोकुवा गरे । 

उनले आफू पार्टीको नेतृत्वको पुस्तान्तरणको पक्षमै रहेको र देउवाको नेतृत्वमा पुस्तान्तरण हुँदै जाने बताए । 





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार १७:५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया