दुई महिनाका लागि बन्द भए मुस्ताङका विद्यालय

अत्यधिक चिसो बढेसँगै मुस्ताङका विद्यालय दुई महिनाका लागि बन्द भएका छन्। सम्भावित हिमपातले जनजीवन कष्टकर हुने भएकाले मुस्ताङका शैक्षिक संस्थामा पुसको पहिलो हप्तादेखि हिउँदे बिदा दिइएको हो।

मुस्ताङका ३४ सामुदायिक विद्यालयमध्ये लोमान्थाङ गापाको ३, लोघेकर दामोदरकुण्डको ७ र वारागुङ मुक्तिक्षेत्रका दुई गरी कुल १२ वटा विद्यालयहरू घुम्ती कक्षाका लागि पोखरा स्थान्तरण गरिसकिएको छ। 

यसबाहेक २२ वटा सामुदायिक विद्यालयहरूलाई सम्बन्धित शिक्षा शाखाको समन्वयमा पुसको पहिलो हप्तादेखि २ महिना लामो हिउँदे बिदा दिएर शैक्षिक पठनपाठन पूर्ण रूपमा बन्द गरिएको छ । 

यहाँका सामुदायिक विद्यालयहरूमा ३ हजार ८७५ जना विद्यार्थी छन्। लोमान्थाङको राष्ट्रिय आविलाई पोखरा किमबेसी, दिव्यदीप माविलाई पोखरा विजयपुर र जिन्जु आवि छोन्हुपलाइए पोखरा हेम्जामा स्थान्तरण गरिएको हो। 





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार १८:३५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया