नेपाली कांग्रेस संसदीय दलको नेतामा समर्थन जुटाउन संस्थापनइतर समूह अहिले घरदैलो अभियानमा छ ।
दलको नेतामा उम्मेदवारी दर्ता गराएका गगन थापा र सो समूहका नेता डा. शेखर कोइरालाले पूर्वमहामन्त्री शशांक कोइरालालाई उनकै निवासमा पुगेर भेटेका छन् ।
भेटमा उनीहरुले पूर्वसंस्थापन पक्ष एक ठाउँमा उभिन प्रस्ताव गर्दै संसदीय दलमा सहयोग गर्न आग्रह गरेका छन् ।
करिब १ घण्टा भएको कुराकानीका क्रममा शशांकले ‘विचार गरौँला’ भन्ने जवाफ दिएका थिए ।
शशांकलाई भेटेलगत्तै शेखर–गगनसहितको टोली नेता प्रकाशमान सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेको छ । सिंहसँग पनि उनीहरुले सहयोग गर्न माग गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।