पाल्पामा ट्रकसँग ठोक्किएर मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

तानसेन–रिडी सडकअन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित बाहुनडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ट्रकसँग ठोक्किएर मोटरसाइकलमा सवार नरबहादुर गाहाको मृत्यु भएको हो ।

तानसेनबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु१ख ९१३४ नम्बरको ट्रकलाई उछिन्ने क्रममा लु६८प २०५ नम्बरको मोटरसाइकलमा सवार ३० वर्षीय गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मृतक गाहा रिब्दीकोट गाउँपालिका–६, ठिमुरेका हुन् ।

मोटरसाइकलको पछाडि बसेका गाहाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक २६ वर्षीय शेरबहादुर गाहाको अवस्था सामान्य रहेको छ । ट्रक चालक र ट्रकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार २१:१३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया