अभिनयबाट ब्रेक लिँदै सामन्था

साउथ इन्डियन अभिनेत्री सामन्था रुथ प्रभु हालका दिनमा अस्वस्थताका कारण अभिनयमा धेरै सक्रिय छैनन् । मायोसिटिस नामक रोगबाट पीडित उनी अब चाँडै नै लामो ब्रेक लिने तयारीमा छिन् ।

अस्वस्थताकै कारण उनले हालै रिलिज आफ्नो फिल्म ‘यशोदा’को पनि प्रचारप्रसार गर्न पाइनन् । सामन्था पूर्ण रुपमा स्वस्थ नभएसम्म अभिनयबाट ब्रेक लिने योजना बनाइरहेकी छन् ।

हिन्दी डब डेब्यू फिल्म ‘द फेमिली मेन २’को सफलता पछि उनले धेरै बलिउड फिल्ममा हस्ताक्षर गरेकी थिइन् । तर, स्वास्थ्यका कारण सामन्थाले समय नदिने भएपछि निर्माताले सामन्थाको विकल्प खोज्न थालेका छन् ।

सामन्था अहिले विजय देवरकोण्डा अभिनित फिल्म ‘कुशी’को सुटिङ पूरा गर्ने तयारीमा छिन् । यो फिल्मको काम पूरा गरेपछि उनी केही समयका लागि फिल्मबाट टाढिने छिन् । 

यो फिल्मबाहेक अन्य फिल्मका लागि भने उनले तत्काल असम्भव भनेपछि निर्माताले विकल्प खोज्न थालिसकेका छन् ।





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार २१:३७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया