बालुवाटारमा रणनीतिक बैठकमा देउवा पक्षधर सांसदहरु

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा निर्वाचित गराउन अहिले उनी पक्षधर सांसदहरु रणनीतिक बैठकमा छन् । संस्थापन पक्षका नेताहरूले प्रधानमन्त्री निवास बालुवाटारमा आन्तरिक छलफल गरेका हुन्।

मंगलबार रातिको बैठकमा प्रधानमन्त्री देउवासहित उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण, नेता विनोद चौधरीलगायत नेता सहभागी छन् । 

बुधबार हुने निर्वाचनमा संसदीय दलको नेता चयन हुनेमा देउवा ढुक्क रहे पनि कमीकमजोरी हुन नदिन आफूनिकटका नेतासँग बसेर रणनीति बनाएका हुन् । 

संसदीय दलको नेताका लागि संस्थापनबाट देउवा र संस्थापनइतरबाट महामन्त्री गगनकुमार थापाको उम्मेदवारी परेको छ । 





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार २२:११:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया