ट्विटरको सिइओबाट राजीनामा दिने एलन मस्कको घोषणा

एलन मस्कले सामाजिक सञ्जाल ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदबाट राजीनामा दिने भएका छन् । उनले आज बिहान ट्विट गर्दै छिट्टै सिइओको पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

मस्कले राजीनामा दिने घोषणा गर्नुअघि ट्वटिरको सिइओबाट अलग हुँदा ठीक कि नहुँदा ठीक भनेर भोटिङ पोल राखेका थिए । ट्विटरमा ​गरिएकाे भोटिङ पोलमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । हुनु पर्दैन भन्ने पक्षमा ४२.५ प्रतिशत मत परेको थियो । 

भोटिङ पोल सिइओबाट अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि मस्कले सिइओ पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

‘म सिइओ पदबाट छिटोभन्दा छिटो राजीनामा दिनेछु । म केबल सफ्टवेयर र सर्भर चलाउने छु,’ मस्कले भनेका छन् ।  





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार ८:८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया