अस्ट्रेलियाविरुद्ध भारतको फराकिलो हार, ४–१ ले गुमायाे सिरिज

अस्ट्रेलियाविरुद्धको महिला टी–२० सिरिजको अन्तिम तथा पाँचौं खेलमा भारत ५४ रनले पराजित भएको छ । यो हारसँगै उसले सिरिज ४–१ ले पाहुना टोली अस्ट्रेलियालाई सुम्पियो ।

गएराति सम्पन्न पाँचौं टी–२० मा अस्ट्रेलियाले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।

उसका लागि दिप्ती शर्माले ३४ बलमा आठ चौका र एक छक्कासहित सर्वाधिक ५३ रन बनाइन् । त्यस्तै, हरलिन देओलले २४, शफाली वर्माले १३, कप्तान हरमनप्रीत कौरले १२, देविका विद्याले ११ र ऋचा घोषले १० रन जोडे । 

अस्ट्रेलियाका लागि हेदर ग्राहमले २ ओभरमा ८ रन दिएर ४ विकेट लिइन् । त्यस्तै, एश्ले गार्डनरले दुई, डार्सी ब्राउन, अन्नाबेल सदरल्याण्ड र ताहलिया म्याक्ग्राले एक/एक विकेट हात पारे । 

 मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनायो । उसका लागि एश्ले गार्डनर र ग्रेस ह्यारिसले आक्रामक ब्याटिङ गरे ।

३२ बलको सामना गरेकी गार्डनरले ११ चौका र एक छक्कासहित अविजित ६६ रन बनाइन् । त्यस्तै, ह्यारिसले ३५ बलमा ६ चौका र चार छक्काको मद्दतमा अविजित ६४ रनको पारी खेलिन् ।  



त्यस्तै, कप्तान ताहलिया म्याक्ग्राले २५, एलिस पेरीले १८ र फोबी लिचफिल्डले ११ रन जोडे । भारतका लागि देविका वैद्य, शफाली वर्माले दिप्ती शर्मा र अञ्जली सर्वानीले एक/एक विकेट लिए । अस्ट्रेलिया सिरिजको पहिलो खेलमा ९ विकेटले विजयी हुँदा दोस्रो खेलमा सुपर ओभरमा पराजित भयो ।

त्यस्तै, तेस्रो र चौथो खेलमा अस्ट्रेलिया क्रमशः २१ र सात रनले विजयी भएको थियो ।  



  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार ८:२४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया