नेपाल टी–२० लिगका लागि काठमाडौंको टोली घोषणा

पहिलो सिजनको नेपाल टी–२० क्रिकेट लिगका लागि काठमाडौं नाइट राइडर्सले टोली घोषणा गरेको छ ।  ज्ञानेन्द्र मल्ल मार्की खेलाडी रहेको काठमाडौंले १५ सदस्सीय टोली घोषणा गरेको हो । 

काठमाडौंको टिममा ११ नेपाली र चार विदेशी खेलाडी रहेका छन् ।कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबारदेखि सुरु हुन लागेको प्रतियोगितामा काठमाडौंले पहिलो खेलमा पोखरा एभेन्जर्सको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल शुक्रबार नै हुनेछ । 

त्यस्तै, प्रतियोगिताको पहिलो दिन नै लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेडले पनि प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो संस्करणको नेपाल टी–२० लिगमा ६ टोलीले भाग लिँदैछन् । लिगमा काठमाडौं नाइट राइडर्स, पोखरा एभेन्जर्स, फार वेस्ट युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

काठमाडौंको टोली : ज्ञानेन्द्र मल्ल, वीरन्दीप सिंह (मलेसिया) कमलसिंह ऐरी, बसिर अहमद, रहयान बर्ल (जिम्बाब्वे), अविनाश बोहरा, सन्दीप रजाली, अजमतुल्लाह उमरजाई (अफगानिस्तान), एलेक्स बाल्की (विदेशी), सन्तोष कार्की, सौरभ खनाल, लोकेश बम, सुनम गौतम, अनिल खरेल र गौतम केसी ।





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १०:१४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया