थापालाई हराउँदै कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । उनी महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले हराउँदै दलको नेतामा विजयी भएका हुन् ।

केही बेरअघि सकिएको मतगणनामा देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाए ।  

निर्वाचनमा देउवाको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति​पूर्णबहादुर खड्का रहेका थिए । त्यस्तै, थापाको प्रस्तावकमा नेता डा. शेखर कोइराला रहँदा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलले समर्थन गरेका थिए ।

देउवा २०७४ को निर्वाचनपछि भएको संसदीय दलको नेताको चुनावमा पनि विजयी हुनुभएको थियो । कांग्रेसमा संसदीय दल र पार्टी सभापति पदमा स्वस्थ प्रतिस्पर्धा गर्ने परम्परा रहेको छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेको थियो । कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्त्वपूर्ण मानिन्छ ।

कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।



प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणामपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै संसद्को सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल सुरु गरिसकेको छ । 



  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार ११:२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया