रामचन्द्र पौडेलले दिए शेरबहादुर देउवालाई बधाई

नेपाली कांग्रेस संसदीय दलको नेतामा विजयी भएका शेरबहादुर देउवालाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बधाई तथा शुभकामना दिएका छन्  । 

महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले हराउँदै दलको नेतामा विजयी भएका देउवालाई शुभकामना दिँदै पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुभएकोमा पार्टी सभापति श्री शेर बहादुर देउवाजीलाई हार्दिक बधाई तथा शुभकामना !’

बुधबार भएको चुनावमा देउवाले ६४ मत पाएर विजय हुँदा गगनले २५ मत पाएका थिए ।   





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १३:२३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया