पर्सामा विवाहमा झगडा हुँदा एक युवकको मृत्यु
फाइल तस्बिर

पर्सामा विवाह समारोहमा झडप हुँदा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार झडपमा परी जिल्लाको जगरनाथपुर गाउँपालिका–३ ठेकरिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको हो । 

गम्भीर घाइते अवस्थामा घर पुगेका उनलाई प्रहरी चौकी पाण्डेपुर र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको टोलीले अस्पताल लगेको थियो ।

उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरे । प्रहरीका अनुसार सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झडप हुँदा सैमुल्लाहमाथि कुटपिट भएको थियो । 

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । 





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १३:४१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया