सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका–६ ब्याङचेपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चौताराका अनुसार मूलखर्कको आदर्श आधारभूत विद्यालयकी २४ वर्षीया शिक्षक अनिता तितुङ उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
सदरमुकाम चौताराबाट–स्याउले जाँदै गरेको बा प्र–२–०७०–७५५५ नम्बरको मोटरसाइकल दुर्घटनामा दुईजना घाइते भएका थिए ।
मोटरसाइकल चालक चौतारा साँगचोकगढी नगरपालिका–५ का २६ वर्षीय अनिल तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।